२०८३ कार्तिक २३ गते आइतवार

चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा

तुलसीपुर,असोज २२ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीले तुलसीपुरको शान्ति सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलवार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी ठकुरीले तुलसीपुरमा आफ्नो पहिलो आगमन भएपनि यहाँको सुरक्षा अवस्थाबारे आफू पूर्णरूपमा जानकार रहेको बताएका हुन ।

उनले तुलसीपुर लागुऔषधको रेड जोन भनेर चिनिएको भएता पनि आफूले यो धारणा बदल्न हर प्रयास गर्ने र यस क्षेत्रका अपराधजन्य गतिविधिहरूलाई नियन्त्रणमा राख्नका लागि ठोस कदम चाल्ने र यहाँको शान्ति सुरक्षामा सुधार गर्ने बताए ।

त्यस्तै डिएसपी ठकुरीले सूचना प्रवाहमा सहजता ल्याउन एकद्धार प्रणालीको व्यवस्था गर्ने र जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने पनि प्रतिबद्धता जनाए ।

उनले स्वरुप परिबर्तन गरिएका चर्को आवाज निकाल्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिन सुरु गरिएको र सोमबार मात्र ९ अटा बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले बिचौलियालाई निगरानीमा राख्दै चेकजाँचलाई कडाई गरिएको समेत बताए ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *