तुलसीपुर, असोज १९ । ६९औं प्रहरी दिवसका अवशरमा जिल्लाका उच्च सुरक्षा अधिकारीहरुले रक्तदान गरेका छन् ।
दिवसको अवशरमा घोराहीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्साल, जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिना लगाएत २७ जनाले रक्तदान गरेका हुन ।
रक्तदान कार्यक्रम जिल्ला प्रहरी कार्याल दाङको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार कार्यालय घोराहीको प्राबिधिक सहयोगमा भएको थियो ।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
