तुलसीपुर, असोज १९ । दाङमा एकै दिन चार जना प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्ने मध्य दुई जना तुलसीपुरका र दुई जना घोराहीका छन् । उनीहरु फरक ÷ फरक ठाउँवाट प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
दुई जना घोराही क्षेत्रबाट र थप दुई जना लमही क्षेत्रवाट पक्राउ परेका हुन । लमहीवाट पक्राउ परेका तुलसीपुरका हुन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका – ९ तल्लो अमेलिया नजिकै चेकजाँचका क्रममा तुलसीपुर उपमहानगरपालिका – ४ का २२ बर्षीय अनिस परियार र तुलसीपुर – ८ का २६ बर्षीय गणेश सुनारपनि पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको प्रहरी टोलीले परियारले चलाएको रा ५ प ४८२ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा ५५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
उनीहरु बाँकेको कोहलपुरवाट तुलसीपुर तर्फ आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले फरककोणलाई बताए ।
उता शनिबार दिउँसो नै घोराही उपमहानगरपालिका – १८ रझेनाका ३४ बर्षीय अर्जुन बिश्वकर्मा र घोराही – १८ का ढोडेनीका २५ बर्षीय प्रेम विश्वकर्मा पक्राउ परेका छन् ।
डिएसपी थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दिउँसो उनीहरुलाई घोराही – १५ भरतपुर सडक खण्डवाट पक्राउ गरेको थियो ।
प्रेमले चलाएको रा ८ प १२५१ नम्बरको स्कुटी चेकजाँच गर्ने क्रममा ४ ग्राम ६३० मिलीग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
पक्राउ परेकाहरु बारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी थापाले बताए ।
