दाङ, असोज १८ । बर्दियामा १५ बर्षीया बालिका बलात्कार गरेको आरोपमा २० बर्षे युवक पक्राउ परेका छन् ।
दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका – ८ घर भइ हाल बर्दियाको बारबर्दिया नगरपालिका – ३ बनगाँई बस्दै आएका २० बर्षीय प्रकाश परियार पक्राउ परेका हुन ।
प्रकाशले बुधबार बेलुकी बारबर्दिया नगरपालिका – ६ ठाडाफाँटस्थित जय दूर्गा सामुदायिक वनमा ललाइ फकाइ लगेर ती बालिकामाथि बलात्कार गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा प्रहरीले परियारलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
