२०८३ भाद्र १० गते बुधवार

घोराहीमा ब्राउन सुगरसहित २ होटेल सञ्चालकसहित ३ जना पक्राउ


तुलसीपुर, असोज १८ । घोराहीमा दुई जना होटेल सञ्चालकसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


पक्राउ पर्ने दुबै जना रोल्पा घर हाल घोराहीमा होटेल सञ्चालन गर्दै आएकाहरु छन् ।
पक्राउ पर्ने एक जना थवाङ गाउँपालिका – १ घर भइ हाल दाङको घोराही उपमहागनरपालिका – १४ नयाँ बासपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ बर्षीय किशोर सुनार छन् ।


अर्कीपनि रोल्पा घर भएका र हाल दाङको घोराही – १४ बसापार्क क्षेत्रमा ‘न्यू कोशेली खाजा घर’ सञ्चालन गर्दैै आएकी ४७ बर्षीया मिना घर्ती मगर छिन् । जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाका अनुसार घोराही – १० जलौराका २० बर्षीय आकाश बुढापनि पक्राउ परेका छन् ।


डिएसपी थापाका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो ।


गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *