तुलसीपुर, असोज १७ । घोराहीबाट होटेल सञ्चालकसहित सात जुवाडे पक्राउ परेका छन् ।
उनीहरुको साथवाट ५८ हजार चार सय ५५ रुपैंया बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मध्य पाँच जना रुकुम पूर्व पुर्खेली घर भइ पछिल्लो समय घोराहीमा बसोबास गर्दै आएकाहरु रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले बताएका छन् ।
पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका – ३ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका – १४ नयाँ बस पार्कमा कुमारी होटेल सञ्चालन गर्दै आएका ४० बर्षीय बोधधन रोका, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका – ११ घर भइ घोराही – १५ बस्दै आएका ४१ बर्षीय रामचन्द्र बुढा, पुथा उत्तरगंगा गाउँपालिका – ११ घर भइ घोराही – १५ बस्दै आएका ५६ बर्षीय बिष्णु बुढा, पुथा उत्तरगंगा गाउँपालिका – ११ घर भइ घोराही – १४ बस्दै आएका ५६ बर्षीय सुकलाल बुढा छन् ।
त्यस्तै घोराही – १५ का ४३ बर्षीय अम्मर घर्ती र घोराही – १३ का ४१ बर्षीय दीपक बिक रहेका छन् । प्रहरीले उनीहरुलाई गोप्य सूचनाका आधारमा बुधबार सवा ५ बजेतिर पक्राउ गरेको हो ।
