दाङ, असोज १५ ।बाँकेका खजुरा गाउँपालिका – ६ सिमलघारीका ३६ बर्षीय बीरेन्द्र पुन ३५ बर्षीया श्रीमति सीता तीन महिनाको गर्भबति छँदा नै मलेसिया पुगेका थिए ।
घरको आर्थिक अवस्था मजबुत थिएन । अर्कौ तर्फ बढ्दो जिम्मेवारी थियो । रोजगारी उनी बिगतमा पनि मलेसिया आउजाउ गरि रहेका थिए । उनै बीरेन्द्रले भदौ ३० गते मलेसियावाट सामाजिक सञ्जाल फेसबुक मार्फत श्रीमति र सानी छोरी संग भिडियोमा कुराकानी गरेका थिए ।
असोज २ गते आँफु घर फर्किन थालेको बताएका थिए । श्रीमति सीतालाई स्यानी छोरी लक्ष्मीलाई नेपालगञ्ज एयरपोर्टमा लिएर आउन भनेका थिए ।
छोरीका लागि भनेर बीरेन्द्रले बिदेशवाटै कपडा, गुडिया, आने कुरा ल्याइ दिएका थिए । तर, दुभाग्र्य जुन बीरेन्द्रले तीन दिन पछि घरमा कुार गरेको थिए सोही दिन अर्थात भदौ ३० गते बेलुकी आँगनवाटै चितुवाले दुई बर्ष दुई महिनाकी छोरीलाई लगेको तथा उनी बेपत्ता रहेकाभे खबर उनी सुन्छन् ।
तीन दिन अगाडि नै टिकट बुकिङ भइ सकेको हुँदा असोज २ गते दिउँसो १२ बजेतिर बीरेन्द्र घर आइ पुग्छन् । तीन दिन पछि फेला परेको छोरीको टाउको र एउटा खुट्टा मात्रै प्रहरीले फेला पारेको हुन्छ । बीरेन्द्र त्यो बिभत्स दृष्य हेर्न जानपनि सकेनन् ।
छोरीका अवशेषहरु हेर्न नसकेपछि पोष्टमार्टम पछि अरु आफन्तले नै लगेर खाडल खनेर गाड्छन् । बीरेन्द्रले छोरीलाई नजिकबाट नियाल्न, स्पर्ष गर्न, छुन र अंगालो हाल्न पाउँदै पाएनन् ।
आमा सीताका अनुसार भदौ ३० गते बेलुका उनीहरु सासु रामकली, दुई छोराहरु १३ बर्षीय गोबिन्द र ९ बर्षका अर्बिन संगै लक्ष्मीले पनि संगै बसेर खाना खाएकी थिइन । त्यो दिन लक्ष्मी अलग्गै पिर्कामा बसेर गाइको दूध र रोटी खाएकी थिइन ।
खाना खाइ सकेर लक्ष्मीकी हजुरआमा र दुई दाजु भान्साबाट निस्कि सकेका थिए । लक्ष्मीका दुई दाजुहरु घर नजिकैको अर्कौ खोरबाट बाख्रा अर्कौ खोरमा सार्नका लागि गएका थिए ।
स्यानी लक्ष्मीले दाजुहरु खोरमा बाख्रा लिन गएको थाहाँ पाएर रोटीको टुक्रा समातेर सानो पाठालाई खुवाउँछु भन्दै आँगनमा निस्किएकी थिइन । घडीमा बेलुका ८ बज्दै थियो । ठिक त्यति नै बेला आँगनबाटै लक्ष्मीलाई चितुवाले लगि सकेको थियो । तर, घर परिवार कसैले पनि चितुवा आएको र लक्ष्मीलाई लगेको देखेनन् । सीताका दुई छोराहरु बाख्रा लिएर आए । तर, सीताले छोरी लक्ष्मीलाई देखिनन् ।
सीताले केही बेर सानी र प्यारी छोरी लक्ष्मीलाई यता उता खोजिन । तै, कतै फेला पार्न सकिनन् । त्यसपछि भने उनी अत्तालिइन । बेचैइन बनिन् ।
नानी…छोरी लक्ष्मी… भन्दै बोलाइन । आसपासका धान खेत र नजिकैको वनबाट सीताको आवाज मात्रै रिभर्स भयो । लक्ष्मीको आवाज कतैवाट आएन । हजुरआमादेखि दुइ दाजुले क्रमश त्यसैगरि बोलाए । तर, अह..सबै प्रयासहरु ब्यर्थे साबित भए ।
उनीहरु कराएको सुनेपछि एकै छिनमा आसपासका मानिसहरु के भयो भन्दै आए । गाउँ घरमा हल्ला खल्ला भयो । केही बेरमै प्रहरी खबर गरे । सूचना दिए । सबै भेलाभइ खोज तलास थाले । तर, लक्ष्मी फेला परिनन् । त्यो रात १२ बजेसम्म खोजी भयो ।
अर्कौ दिन बिहानैदेखि फेरि लक्ष्मीको खोजी सुरु भयो ।
सीताले श्रीमानलाई छोरी लक्ष्मी बेपत्ता भएको कुरा भन्नसम्म सकेकी थिइनन् । समाचारहरु देखेर बीरेन्द्रले फोन सम्पर्क गर्दा घर परिवारका अरुले नै कुरा गरे तर सीताले पति संग कुरा गर्न सकिनन् ।
सीता तीन महिनाको गर्भ छँदा नै बीरेन्द्र मलेसिया गएका थिए । यो बीचमा बाबु छोरीको सामाजिक सञ्जाल मार्फत देखादेख र बोलचाल भएपनि उनीहरुले आपसमा एक अर्कालाई छुन, अंकमाल गर्न र धित मरुन्जेल माया साट्न कहिलै पाएनन् । ‘ फेस बुकबाट बाबु छोरीको देखादेख र केही कुराहरु हुन्थे । तर, बाबु छोरीले आपसमा एक अर्कालाई नजिकबाट छुन र प्यार साट्न पाएनन्,’ सीताले भनिन् ‘ दृष्ट चितुवा म भान्सामै रहेको बेला कतिखेर आएर मेरी प्राण प्यारी छोरीलाई सुटुक्क उठाएर लगेछ । त्यो दृष्ट चितुवाका कारण बाबु–छोरीको नजिकबाट चिनजान नै हुन पाएन ।’ आमा सीताले त्यो भन्दा बढी बोल्न सकिनन् । त्यसपछि उनको सुँक्क सुँक्क आवाज मात्रै सुनिएको थियो ।
असोज १ गते मात्रै अर्थात घटनाको तेस्रो दिन झन्डै एक किलोमिटर पश्चिममा लक्ष्मीको एउटा खुट्टा र टाउको मात्रै फेला परेका थिए । आमा सीतालाई लक्ष्मीका अवशेषहरु देखाइएन ।
सानी लक्ष्मीको बियोगमा पुन परिवारले आफ्नो धार्मिक तथा जातिय परम्परा अनुसार तीन दिनसम्म नुन छोड्यो । सीताका अनुसार पाँचौं दिनका दिन उनीहरुले खाइ शुद्ध शान्तिको काम सकेका थिए ।
दुई बर्ष दुई महिनाकी लक्ष्मीलाई चिुतवाले खेल्दा खेल्दै संसाँझै आँगनवाट उठाएर लगेपछि यतिखेर खजुरा गाउँपालिका – ६ सिमलघारी गाउँमा मानिस त्राहीत्राही छन् । झन्डै पाँच सय मिटर पश्चिममा जिगरा सामुदायिक वन छ ।
सोही वनमा असोज १ गते बिहान ११ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय धनौली बाँकेका प्रमुख प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए ।
भदौ ३१ गते खोजीमा खटिएको टोलीले धानका खेत, गरा र आलीहरुमा रगतका खतहरु फेला पारेको थियो ।
त्यसपछि लक्ष्मीलाई चितुवाले लगेको आशंका साथ कर्णाली प्रदेश केनाइन शाखा कोहलपुरबाट प्रहरी नायव निरीक्षक बिष्णु पौडेलको कमाण्डमा पाँच सदस्य टोली तालिम प्राप्त दुई कुकुरका साथ खटिएको थियो ।
सब डिभिजन वन कार्यालय राँझा बाँकेका बरिष्ठ वन अधिकृत राजबहादुर चौधरीको कमाण्डमा पाँच सदस्य टोली, सशस्त्र प्रहरी बल बिओपी बढैया बाँकेबाट सहायक प्रहरी निरीक्षक जालेन्द्र केसीको कमाण्डमा सात जनाको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयसमेत गरि करिब पाँच सय जनाको टोली खोजीमा खटिएको थियो । पुनको घरदेखि झन्डै एक किलोमिटर पश्चिम जिगरा सामुदायिक वनमा लक्ष्मीको टाउको र दाहिने खुट्टा मात्रै फेला परेको थियो ।
यतिखेर लक्ष्मीलाई खाने चितुवा नियन्त्रणमा लिने प्रयास भइ रहेका छन् । जिगरा सामुदायिक वन लगाएत आसपासको जंगलमा नियमित खोर पासो थाप्दै आइएको छ । तीन वटा खोरमा पासो थाप्दै आइएको भएपनि हालसम्म चितुवा खोरमा बाख्रा खान गएकै छैन । खोरको आसपास र वरिपरी भने चितुवा घुमेको देखिएको सरोकारवालाहरुले बताएका छन् ।
पाँच वटा क्यामेराको सहयोगमा चितुवाको निरन्तर निगरानी हुँदै आएको छ । यो बीचमा एउटा भाले चितुवा र एउटा दुई वटा बच्चासहितको आमा क्यामेरामा कैद भएका थिए । चितुवाको खोजीका लागि सम्शेरगञ्जवाट ल्याइएका दुई वटा हात्तीले निरन्तर खोजी गरिएको थियो । त्यसमा डार्ट टोलीपनि सम्लग्न थियो । हप्ता दिन बढी खोजी गर्दा चितुवा फेला नपरेपछि हात्ती फिर्ता गरिएको थियो ।
पछिल्लो बाघको संख्या बढे संगै निकुञ्ज आसपासका क्षेत्रहरुमा बाघ र मानव बीचको द्धन्द बढ्दै गएको देखिन्छ ।
