२०८१ असोज २५ गते शुक्रवार

करेण्ट लागेर गुल्मीमा एक महिलाको मृत्यु

गुल्मी,असोज १५ । गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ् निवासी वर्ष २७ की माया रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन ।

सोमबार अपरान्ह घर पोत्ने क्रममा घाईते भएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको हो ।

घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेण्ट प्रवाहभई घाईते बनेकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराइएको थियो । उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *