
दाङ, असोज १३ । शुक्रबार राति धादिङको झयाप्ले खोलामा माथिबाट झरेको पहिरोमा माइक्रोबस पुरिएर ज्यान गुमाउने मृतकको संख्या ३५ पुगेको छ । तीन गाडी पहिरोले पुरेको थियो ।
त्यही पहिरोमा १५ वर्षका दीपेश र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनीपनि सदाका लागि पुरिए । दाजु बहिनी मात्रै हैन उनीहरुकी आमा सीताको पनि सोही पहिरोमा पुरिएर एकै साथ मृत्यु भयो । दीपेश र दीपिका बुवा भने बैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–३ घर भएका तीन आमा छोरा बुटवलको कालिकानगरमा बस्दै आएका थिए । दीपेश र दीपिका बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा पढ्दै थिए । बिद्यालय परिवारका अनुसार उनीहरु पढाइमा तीक्ष्ण थिए । उनीहरु पढाइमा मात्रै हैन अतिरिक्त क्रियाकलपामा पनि उत्तिकै भाग लिइ रहन्थे ।
त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो । त्यसका लागि दाजुबहिनीले अनलाइबाटै फर्म भरेका थिए । उनीहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भइ सकेका थिए ।
काठमाडौंबाट पहिलो चरणमा छनोट भइ सकेको हुँदा उनीहरु दोस्रो चरणको प्रतियोगिताको लागि बंगलादेश जानु पर्ने थियो । जहाँ ३२ राष्ट्रका विद्यार्थी सहभागी रहन्थे । बंगलादेशमा विजेता बन्ने विद्यार्थी अन्य थप प्रतिस्पर्धाका लागि अमेरिकापनि जान पाउने अवशर हुन्थ्यो । तर, उनीहरु सवार लु १ ज ४५७८ नम्बरको माइक्रो धादिङको झ्याप्लेखोलामा शुक्रबार राति पहिरोले पुरेपछि उनीहरुको मृत्यु हुन पुग्यो ।
सोही माइक्रोमा सवार १४ जनाले ज्यान गुमाएका थिए। ती मध्य गुल्मीका ६ जनाले ज्यान गुमाएका छन् । एक जना त महिना दिन अघि मात्रै बैबाहिक जीवनमा बाँधिएका दम्पत्ति थिए ।
जिल्लाको मदाने गाउँपालिका – ६ का ३४ वर्षीय प्रकाश कुँवर र उनकी ३१ बर्षीया श्रीमति अनु कुँवर महिना दिन अघि मात्रै बैबाहिक जीवनमा बाँधिकएका थिए । उनीहरु दुबै जनाको पनि सोही पहिरोमा परि मृत्यु भएको छ । त्यो पहिरामा परि प्रकाशकी २७ वर्षीया बहिनी सिर्जना कुँवरको पनि ज्यान गएको छ ।
प्रकाश दक्षिण कोरियाबाट महिना दिन घर फर्किएर बिवाह बन्धनमा बाँधिएका थिए । केही समय उता उनीहरुको परिवार काठमाडौंमा बस्दै आएको थियो ।
सोही पहिरोमा गुल्मीको दरबार गाउँपालिका – ७ का ६३ वर्षीय जुद्धबहादुर रायमाझी, ३१ वर्षीया बुहारी प्रमिता रायमाझी भुसाल र उनका ३ वर्षीय छोरा कृषव रायमाझीले पनि ज्यान गुमाएका छन् । प्रतिमाका श्रीमान काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल वर्कशप छ । उनीहरु बुटवलवाट छोरा र सुसुराका साथमा त्यही जाँदै थिइन ।