२०८३ कार्तिक २३ गते आइतवार

काँग्रेसले बाढी पहिरो पीडितका लागि ५० लाख साहेता प्रदान गर्ने

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसले बाढी, पहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइबार बिहान बसेको बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।


सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै संसदीय दलले पनि सांसदहरूको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको प्रबक्ता महतले जानकारी दिए ।

कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न आग्रह गरेको छ । काँग्रेसले कोजाग्रत पूर्णिमामा गर्दै आइएको चियापान पनि स्थगित गरेको छ ।


उस्ले संगठन सुदृढीकरण अभियानका लागि जिल्ला खटिएका केन्द्रीय सदस्यहरूलाई राहत र उद्धार कार्यमा संयोजन गर्न निर्देशन दिएको छ। बाढी पहिरोको कारण भएको ठूलो धनजनको क्षति पछि काँग्रेसले आफ्नो अभियान कोजाग्रत पूर्णिमासम्मका लागि स्थगित गरेको छ ।


बिहीबारदेखि परेको भारी बर्षाका कारण काठमाडौंसहित मुलुका बिभिन्न भागमा ठूलो धन जनको क्षति भएपछि काँग्रेसले यस्तो सहयोगको घोषणा गरेको हो । हालसम्म बाढी पहिरोमा परि एक सय १२ जनाको मृत्यु भइ सकेको छ । अझैं केही बेपत्ता छन् ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *