२०८३ भाद्र १० गते बुधवार

पहिरोले गाडी पुर्दा १४ जनाको मृत्यु, नौं जनाको सनाखद


दाङ, असोज १३ । धादिङको झ्याप्ले खोलामाथि वाट आएको पहिरोका कारण यात्रुबहाक विंगर पुर्दा चालकसहित १४ जनाको मृत्यु भएको छ ।


बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगरमा सवार १४ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

नागढुंगा प्रहरी प्रभागले विंगर चालक रमेश लुईटेलसहित नौं जना मृतकको पहिचान भएको जानकारी दिएको छ ।
गाडी पहिरोले पुर्दा बुटवलका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी, स्याङजाको गल्याङ नगरपालिका – ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षीय दिपेश र उनकी आमा सिता भट्टराको सनाखद भएको छ ।

कालिका माविमै अध्यनरत दिपिका भट्टराइपनि संगै यात्रारत रहेको बताइएपनि उनको भने यो खबर तयार पार्दासम्म पहिचान भइ सकेको छैन ।
नौं जनाको सनाखद भएपनि अन्य पाँच जनाको भने पहिचान हुन बाँकी छ ।
पृथ्वी राजमार्ग अन्तरगत नागढुंगा नौबिसे सडक खण्डको झ्याप्ले खोला माथिबाट आएको पहिरोले गाडी पुरेको थियो ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार शुक्रवार बिहान लु १ ज ४५७८ नम्बरको उक्त विंगर काठमाडौका लागि बुटवलबाट छुटेको थियो । विंगर शुक्रवार साँझ पहिरोले पुरेको थियो भने शनिवार बुलुकी मात्रै पहिरोमा पुरिएको गाडी संगै यात्रुका शबहरु फेला परेका थिए ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *