२०८३ भाद्र १२ गते शुक्रवार

स्रोत नखुलेको रुकमसहित प्रहरीले २ जनालाई पक्राउ


नेपालगन्ज,असोज ९ । नेपालगन्जमा स्रोत नखुलेको रुकमसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी पक्राउ परेका हुन् ।

मोहम्मद हबिबको घरमा अवैध हुन्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *