२०८३ असार २७ गते शनिवार

बबई नदीमा एक ब्यक्ति मृत फेला


तुलसीपुर, असोज ७ । दाङको घोराहीमा बबई नदीमा एक जनाको शब फेला परेको छ ।
मृतक घोराही उपमहानगरपालिका – ७ बेलहरीका ४७ बर्षीय अर्जुन खनाल हुन । उनी दृष्टिबिहीन हुन ।

खनालको शब घोराही– ७ सुकवारीस्थित बबई नदीमा सोमबार बिहान सवा दश बजेतिर फेला परेको थियो ।

मृतककी श्रीमति गीता खनालले बिहान साढे आठ बजेतिर अर्जुन कसैलाई केही नभनेर घरबाट निस्केको प्रहरी समक्ष बयान गरेकी छन् । घर भन्दा झन्डै डेढ किलोमिटर टाढा बबई नदीमा खनाल मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए । शब पोष्ट मार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *