
बिजौरी,असोज ७ । बिजौरी उद्योग बाणिज्य सघले एकदिनका लागी कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेको बैठकले सघका निबर्तमान सचिव यज्ञ बहादुर पुनको असामयिक निधन भएको हुँदा उनको सम्झनामा सोमबार कार्यालय बन्द गर्ने निर्णय गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
बैठकले दिवङगत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ ।
पुन बिगत डेढ बर्ष ब्रेन टियुमर रोगबाट ग्रसित थिए । उनको सोमबार बिहान ३:३० बजे ४९ बर्षको उमेरमा असामयिक निधन भएको हो ।
पुनको आजै तुलसीपुर -१६ रावतगाउँ स्थित चौवाखोलामा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार