२०८१ असोज २९ गते मङ्गलवार

लमहीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई युवकको मृत्यु

तुलसीपुर, असोज ३ । लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइले भएका घोराहीका दुइ युवकको मृत्यु भएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ बर्षीय श्रवनकुमार पुन र घोराही – ४ का २१ बर्षीय बिनोद केसीको उपचारको क्रममा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

लमही–घोराही सडक खण्ड अन्तरगत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लमही नगरपालिका – ६ बेलदमार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा परेको खबर पाएपछि प्रहरी पुगेको थियो ।


त्यस पश्चात् वडा प्रहरी कार्यालय लहमीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालसहितको पाँच जनाको टोलीले लमही बजार भन्दा झन्डै ५ किलोमिटर उत्तरमा खोल्सामा खसेको अवस्थमा उनीहरुलाई उधार गरि ८ बजेपछि लमही अस्पताल पु¥याएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *