२०८३ भाद्र १२ गते शुक्रवार

लमहीमा मोटरसाइकल दुर्घटना – घोराहीका दुइ युवक गम्भीर घाइते

तुलसीपुर, असोज ३ । लमहीमा मोटरसाइकल दुर्घटनामा परि घोराहीका दुइ युवक गम्भीर घाइत भएका छन् ।

मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ बर्षीय श्रवनकुमार पुन र घोराही – ४ का २१ बर्षीय बिनोद केसी गम्भीर घाइते भएका छन् । उनीहरु दुबै अचेत रहेको र उद्धार गरि लमही अस्पताल पु¥याइएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

उनीहरुको साथमा फेला परेका कागजात र परिचय पत्रका आधारमा प्रहरीले उनीहरुको पहिचान गरिएको जानकारी दिएको छ ।

लमही–घोराही सडक खण्ड अन्तरगत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लमही नगरपालिका – ६ बेलदमार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा परेको खबर पाएपछि प्रहरी पुगेको थियो ।

वडा प्रहरी कार्यालय लहमीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालसहितको पाँच जनाको टोलीले लमही बजार भन्दा झन्डै ५ किलोमिटर उत्तरमा खोल्सामा खसेको अवस्थमा उनीहरुलाई उधार गरि ८ बजेपछि लमही अस्पताल पु¥याएको थियो ।

बिहान ७ बजेतिर उनीहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *