२०८१ असोज २९ गते मङ्गलवार

दशैं खर्च माग्न दाङ आए राउटे दिलबहादुर

दाङ, असोज २ ।
शिरमा ढाका टोपी । खुट्टामा प्लाष्टिकको चप्पल । पिठ्यूँमा भारी । साथमा ल्याएको काठको कोशी । लुम्बिनी प्रदेशको राजधानी दाङ आउँदा उमेरले ६० वर्ष पुगेका दिलबहादुर शाहीको हुलिया यस्तै थियो ।

शाही सुर्खेतबाट लुम्बिनीको राजधानी राप्ती उपत्यका दाङको देउखुरी आएका थिए । दशैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई हातले बनाएको काठको कोशी उपहार दिए । ‘यो काठको कोशी हो, हातैले बनाएको यस्तो कोशी बनाउन थालेको धेरै भइसक्यो’ शाहीले भने, ‘मुख्यमन्त्रीज्यू, दशैं त आइहाल्यो त, खर्च चाहियो ?’

दशैं खर्च माग्न यसपटक शाही एक्लै लुम्बिनी प्रदेशसम्म आएका थिए । ‘साथीहरु आउन थालेका थिए । गाडी चढ्न डराए’ उनले भने ‘मरे मै मरुला भनेर म एक्लै आएँ ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न बुधबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आएका शाहीलाई मुख्यमन्त्रीले दशैंको शुभकामना दिए । सक्दो सहयोग गर्ने बचन दिए ।

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । उनीहरुलाई राज्यले मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् । राउटे समुदाय हरेक वर्ष दशैं खर्च माग्दै प्रदेश सरकारमा धाउदै आएका छन् ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *