लक्ष्मण बस्नेत
दाङ, असोज २ ।
दाङको तुलसिपुरमा बिहीवारदेखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ ।
नेपाली कांग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक व्यवस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालन हुन लागेको प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री माननीय दिपक गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापति सुरेश हमालले जानकारी दिए ।
प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको सभापति हमालले जानकारी दिए ।
तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृति तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको आतिथ्य सत्कार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माणलगायतका सबै तयारी पूरा गरिरेको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङलगायत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राविधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु यरिले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई पुरस्कृत गरिनेछ । जसअनुसार वेष्ट प्लेयर हुने खेलाडीले तीन हजार पाँच सय, नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै वेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर र वेष्ट लिब्रोलाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी प्रदान गरिने आयोजक नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलीले जानकारी दिए ।
प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईने छ भने खेल तालिका टाईसिट बिहीबार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएको छ । यसैबीच आयोजकले बिहीबार हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी ,खेलकुद सम्बद्ध संघ÷ संस्था, राजनीतिक दल, पत्रकारलगायत सबैमा हार्दिक अनुरोध गरेको छ ।