२०८३ भाद्र १३ गते शनिवार

डियुटी समयमै विरामी डाक्टर खोज्न निजी अस्पतालमा जानुपर्ने हो भने सरकारी अस्पताल भएको के काम – मेयर खड्का

तुलसीपुर, असोज १ । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले इमान्दरपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न सरकारी डाक्टरहरुलाई आग्रह गरेका छन ।


राप्ती प्रादेशिक अस्पतालको बार्षिक समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सरकारी डाक्टरले आफ्नो जिम्मेवारी पूरा नगर्दा सामूदायिक अस्पतालप्रति जनविश्वास घट्दो क्रममा रहेको बताएका हुन ।

‘सरकारी अस्पतालका डाक्टर डियुटी नसकिदैँ निजी अस्पतालमा जाने गरेको जनगुनासो छ,’ खड्काले प्रश्न गर्दै भने,‘डियुटी समयमै विरामी डाक्टर खोज्न निजी अस्पतालमा जानुपर्ने हो भने सरकारी अस्पताल भएको के काम ?’

सरकारी डाक्टरले सरकारी अस्पतालमै हुने सेवा लिन प्राइभेट क्लिनिकमा जान बाध्य भएको भन्दै मेयर खड्काले डाक्टरलाई व्यापार नगर्न आग्रह गरेका थिए ।


‘सरकारी अस्पतालमै भएको सेवा लिन डाक्टरले आफूले काम गर्ने क्लिनिकमा जान बाध्य पार्ने गरेका छन्,’ खड्काले भने,‘सरकारी मै पाइने सेवा लिन प्राइभेटमा पठाउनु त व्यापार हो । सरकारी डाक्टरलाई व्यापार गर्ने छुट छैन।’


प्राइभेट क्लिनिकमा बिरामी पठाउने डाक्टरको सूचना संकलन गरिरहेको भन्दै नगर प्रमुख खड्काले त्यस्तो काम तत्काल बन्द नगरे सम्बन्धित निकायमा कार्वाहीका लागि लेखिपठाउने चेतावनी दिए ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *