तुलसीपुर, भदौ २९ । दाङ तुलसीपुरका अर्जुन गिरी दोस्रो कार्यकालका लागि सामुदायिक रेडियोहरूको छाता संगठन अकोराबको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
रेडियो तुलसीपुरका स्टेसन म्यानेजर तथा यस फरककोण प्रालिका प्रधानसम्पादक गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन ।
तुलसीपुर उपमहानगरपालिका – १२ कचिलाका स्थायी बासिन्दा गिरीले कलिलै उमेरदेखि रेडियो पत्रकारितामा लामो दख्खल छ ।
सामाजिक सञ्जालको प्रयोग हाबी बन्दै जाँदा र रेडियोको क्रेज सहर बजारमा कमजोर बन्दै गरेको अवस्थामा अनूभवी अध्यक्षमा गिरी सर्वसम्मत चयन हुनुले केही आशा जागृत भएको सरोकारवालाहरु बताउँछन् ।
अध्यक्ष गिरी नेपाल प्रेस यूनियनको नेतापनि हुन ।
उनका पिता घमन्ड गिरीलाई प्रजातन्त्रमा आस्था राखेकै कारण तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादीले अपहरणपछि हत्या गरेका थिए ।
प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार