दाङ,भदौ २८ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेसनको ३१ औं बैठक आज बस्दैछ।
बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेशसभा सदस्यहरुले समसामायिक विषयमा बोल्ने, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने तयारी छ।
यस्तै, मुख्यमन्त्री आचार्यले ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश भई निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
अघिल्लो प्रदेश मन्त्रिपरिषद बैठकले निजामी सेवा ऐन २०८० लाई संशोधन प्रस्ताव स्वीकृत गरेको थियो।
प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार