२०८२ असार २४ गते बुधवार

तुलसीपुरको नीति तथा कार्यक्रम पारित


तुलसीपुर, जेठ ३० । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम पारित भएको छ । नगर प्रमुख घनश्याम पाण्डेले जेठ २४ गते पाँचौ नगर सभाको पहिलो वैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो वैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि नगर सभाका सदस्यहरुले विभिन्न संशोधन प्रस्ताव सहित पारित गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेले सभामा उठेका सवालहरु माथि जवाफ दिएका थिए । उनले सदस्यहरुले उठाएका उचित कुराहरुलाई संशोधन गर्ने जानकारी गराएका थिए ।

नगर सभामा सदस्यहरुले वृक्षारोपणसँगै विरुवा उत्पादनलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । उनीहरुले वडा सदस्यलाई जिम्मेवारी दिनुपर्ने, वडागत वजेट नघटाउनुपर्ने, थारु भाषालाई काम काजको भाषाका रुपमा लैजानुपर्ने, लक्षित वर्गको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने लगायतका विभिन्न सुझावहरु दिएका थिए ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रम पास गरेसँगै असार १० गते वजेट प्रस्तुत गर्नका लागि वाटो खुला भएको छ । वैठकले असार ३ गतेसम्म वडागत वजेटहरु छनोट गरिसक्नका लागि पनि वडालाई निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *