दाङ, भदौ २५ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले समक्ष मन्त्री कुर्मीले मंगलबार बेलुकी राजीनामा बुझाएका हुन । मुख्यमन्त्रीले त्यसको पुष्टि गरे । कुर्मी नेपाली काँग्रेसको नेतृत्व गर्दै साउन ७ गते मन्त्री बनेका थिए ।
बाँकेकी निर्मला कुर्मी बेपत्ता तथा हत्याको आरोप उनीमाथि छ । कुर्मी लगाएतका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी प्रदेशले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको थियो ।
उक्त पार्टीले कुर्मीलाई मन्त्रीबाट तत्काल बरखास्त गरि कानुनी दायरामा ल्याउन माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार