२०८१ असोज २९ गते मङ्गलवार

मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्नुहोस – मुख्यमन्त्री आचार्य

घोराही, भदौ २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा भएको “मिडिया मन्थन” पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आग्रह गरेका हुन ।

सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडियाले निरन्तर खवरदारी गर्न उनले बताए ।

‘सरकार सच्चिन चाहन्छ । त्यही भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस । हामी सच्चिन तयार छौं,’ उनले भने ‘ आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन ।’

तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्ने उनले प्रण गरेका थिए । मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको भन्दै कमिकमजोरी भए सच्च्याउन तयार रहेको बताएका थिए ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखेको उनले बताए ।

‘मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्ने छ ,’ उनले भने ‘जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं ।’

पूर्व बिशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनले दाबी गरे ।

आँफुले पदबहाली गरेको ४७ दिन पुगेको भन्दै उनले सरकारले यो अवधिमा सुशासन, पारदर्शिताको क्षेत्रमा केही महत्वपूर्ण कामहरु अघि बढाएको चर्चा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका थिए ।

समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जनताको पक्षमा संधै आवाज बुलन्द पार्न आग्रह गरे ।

संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम सुरु गरेको भन्दै उनले आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा
लुम्बिनी प्रदेशका सचिब दुर्लभ कुमार पुन,दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी,तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खडका ,राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उपकुलपति बिकास लामिछाने,नेपाल सस्कृत विश्व विद्यालयका रजिस्ट्रार माधब अधिकारी ,घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसि , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, टीकाराम रेग्मी पत्रकार महासघ दाङको इतिहास गौरबमय रहेको चर्चा गरे ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी ,नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी,नेकपा माओवादी केन्द्रका जिल्ला सचिब बिस्वराज आचार्य ,राप्ती साहित्य परिसदका केन्द्रिय अध्यक्ष डा टिकाराम उदासी,तुलसीपुर उद्योग बाणिज्य सघका कार्यबाहक अध्यक्ष देब बहादुर केसी लगाएतले पत्रकारले जनतामुखी भएर कलम चलाउनुपर्नेमा जोड दिए ।


पत्रकार महासघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब आरके शितलले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *