२०८१ असोज २९ गते मङ्गलवार

एक लाख बढी रकम तिरेर एक दिनमै छुटे सांसद धनबहादुर केसी (डिबी)

दाङ, भदौ २४ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) एक दिनमै रिहा भएका छन् । आइतबार जिल्ला अदालत रुकुम पूर्वमा आँफै उपस्थित भएका केसीलाई अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार पठाएको थियो । तर, उनी कारागार भित्र प्रबेश नै नगरी सोमबार एकै दिनमा मुक्त भएका छन् । अदालतले कैद सजाय रकममा परिणत गरि छोड्न आदेश गरेपछि सांसद केसी एक दिनमै छुटेका छन् ।

रुकुम पूर्वी जिल्ला अदालतका न्यायाधिस लोकबहादुर हमाललको इजलासले सांसद केसीलाई एक लाख नौ हजार दुई सुई रुपैंया बुझाएर सजाय भुक्तान गर्न मिल्ने सुबिधासहितको आदेश दिएको थियो ।
३३ बर्ष पहिले कीर्ते मुद्दामा दोषी ठहर अदालतले केसीलाई एक बर्ष कैद र दुई हजार जरिवाना तोकेको थियो । अदालतले तोकेको रकम बुझाएपछि सांसद केसी एक दिनमै छुटेका हुन । एक दिनपनि कटाएर ३६३ दिनको दैनिक ३०० का दरले रकम बुझाएर सांसद केही मुक्त भएको अदालतका श्रेष्तेदार इश्वरी सुबेदीले जानकारी दिए ।

फौजदारी संहिनाको दफा १५५ मा एक बर्ष जति सजाय भएका ब्यक्तिलाई रकम तिरेर छुट पाउने सुबिधा प्रदान गरिएको छ ।
तर, त्यसपूर्व जिल्ला अदालत परिशरमा कैद सजाय रकममा परिणत गरि सांसद केसीलाई नछोड्न माग गर्दै नेकपा (माओबादी केन्द्र) को बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पर्दशन गरेको थियो । अखिल क्रान्तिकारीका रुकुम पूर्वका अध्यक्ष चन्द्र रसाइलीको नेतृत्वको टोलीले प्लेकार्डसहति नाराबाजीसहित पर्दशन गरेका थिए ।

अदालतले तोकेको रकम बुझाइ मुक्त भए लगतै सांसद केसी हेलिकोप्ट चार्टर गरि काठमाडौंका लागि प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए ।
गत संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट उनी रुकुम पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं. १ (२) बाट निर्वाचित भएका थिए । राजनीतिमा आउनु भन्दा पहिले सांसद केसी मानपावर ब्यबसायी थिए ।

३३ बर्ष पछि अदालतको निर्णय कार्यान्वयन

साबिक रुकुम जिल्ला अदालतले २०४८ साल असार ९ गते कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।
केसीले श्रीमतीसँगको अंश मुद्दामा र्कीर्ते गरेको मुद्दामा दोषी ठहर भइ अदालतले उक्त फैसला सुनाएको थियो ।
३३ बर्ष पहिलेको त्यो फैसला उनले भुक्तान गरेका थिएनन् । हालसम्म उनी फरारको सूचिमा रहँदै आएका थिए ।

जुन कुरा त्यस्तै गुपचुप रहँदै आएको थियो ।

पछिल्लो सीमांकनको क्रममा रुकुमलाई दुई जिल्ला बनाइएपछि २०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई सजाय भुक्तान गर्न बाँकी ब्यक्तिहरुको बिवरण पठाएपछि केसीले भुक्तान गर्न बाँकी रहेको कैद सजाय तथा आर्थिक जरिवाना बारेको कुरा सार्वजनिक भएको थियो ।

त्यस्तो लगत हरेक वर्ष साउनमा अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई पठाउने गर्छ । २०७५ सालयता हरेक वर्ष साउन महिनामा जिल्ला प्रहरी कार्यालयको नाममा अदालतबाट केसीबारेको उक्त लगत पठाउँदै आइएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *