२०८१ असोज २९ गते मङ्गलवार

अनि तीजको भाषामा नाँच्यो ‘प्रेम पार्क’

शान्तिनगर, भदौ २३ । दाङ –सुर्खेत सडक खण्ड अन्तरगत शान्तिनगरगाउँपालिका – ५ को एकलाश ठाउँमा तीजको दिन शुक्रबार दिनभर पहिलेको सामुदायिक वन उर्फ ‘प्रेम पार्क’ उल्लासमय बन्यो ।

पहिलेको हात्तीखाल सामुदायिक वन र पलेसुवा सामुदायिक वनको क्षेत्र स्थानीय केही युवाको प्रयासले ‘प्रेम पार्क’को रुपमा रुपान्तरण भएपछि तीजको दिन यहाँ बेग्लै उल्लास छायो ।

तुलसीपुर बजारदेखि झन्डै १३ किलोमिटर पश्चिमको यो ठाउँमा यस भन्दा पहिलै कहिलै यस्तो उत्सब भएको थिएन ।

सुन्दर तर गुमनाम ठाउँलाई चर्चामा ल्याउन यहाँका केही युवाहरुले मिलेर भूमिका खेलका हुन ।

सार्वजनिक यातायातका चालकहरु यात्रुहरुले सौच गर्ने यो ठाउँलाई ‘प्रेम पार्क’ का रुपमा रुपमान्तरण गर्न केही समाजिक सञ्जाल प्रयोगकर्ता युवाहरुले भूभिका खेलका हुन । यो ठाउँमा सामाजिक सञ्जालमा सक्रिय केही युवाहरुले टिकटक र भिडियोहरु समाजिक सञ्जालमा पोष्ट गरेपछि बिगत दुई तीन महिना यता यसको चर्चा सुरु भएको थियो ।

समाजिक सञ्जालवाट चर्चा बुटुल्दै गएपछि सुन्दर तर एकलास ठाउँलाई पार्कको रुपमा बिकास गर्न स्थानीय युवाहरुले मिलेर अभियान चलाएका थिए । उनीहरुले तुलसीपुर – सुर्खेत सडक खण्डमा सञ्चालन हुने यातायातका साधनदेखि स्थानीय संग स्वच्छिक चन्दा संकलन गरि उठाएको रकमले यो वन क्षेत्रमा केही प्राकृतिक संरचनाहरु निर्माण गरका थिए ।

स्थानीय युवा हरि खड्का लगायतले थालेको प्रेम पार्क बनाउने सकारात्मक प्रयासमा स्थानीय सरकारहरुले पनि हातेमालो गरे । युवाहरुले ब्यक्तिगत स्वार्थ भन्दापनि यही ठाउँको हित र बिकासका लागि अभियान सञ्चालन गरेको हुँदा उनीहरुलाई बिदेशवाट समेत सहयोग प्राप्त हुन थालेको छ ।

हात्तीखाल सामुदायिक वनका अध्यक्ष शाशिराम बिष्टले सकारात्मक सोच भएका चार पाँच जना युवाका कारण बिगत एक दुई महिना यता पहिलेको सामुदायिक वन क्षेत्र अर्थात अहिलेको ‘प्रेम पार्क’को चर्चा ह्वात्तै चुलिएको बताए ।

२०५२ सालमा सामुदायिक वनका रुपमा दर्ता भएको वनको चर्चा स्थानीय केही युवाहरुको सकारात्मक प्रयासले पर्यटकीय क्षेत्रको रुपमा परिणत हुँदा साह्रै खुसी लागेको बताए ।

यात्रुहरुलाई सौचका प्रयोग गर्ने एकलास ठाउँ आज प्रयास पार्कको रुपमा परिणत भएपछि त्यसले निकै सकारात्मक चर्चाहरु पाएको उनले बताए ।

गुमनाम वन प्रेम पार्कका रुपमा चर्चित भएपछि स्थानीय युवा शंकर रावतको अध्यक्षतामा पार्क ब्यबस्थापन समितिपनि गठन गरिएको छ । यो समितिले यहाँ आउन सक्ने कुनैपनि समस्या वा चुनौतिलाई मध्य नजर गरि रहेको छ ।

ब्यबस्थापन समितिका सल्लाहकार सियाराम चौधरीले पार्क क्षेत्रमा हुने गरेको खुल्ला सौच नियन्त्रण भइ सकेको भएपनि काुनन बिपरितका र उच्छृङखल गतिबिधि रोक्नका लागि समिति निर्माण गरिएको बताए । चौधरीका अनुसार अब सुरुमा ब्यबस्थित सौचालय निर्माणदेखि खानेपानीको प्रबन्ध कसरी मिलाउने भन्ने बारे सल्लाह भइ रहेको छ । सौचालय र खानेपानीको उचित ब्यबस्थापन छिटै गर्ने गरि शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतदेखि वडा नं. ५ का अध्यक्ष ओपेन्द्रबहादुर रावतसंग परामर्ष भइ रहेको छ । त्यसो भएमा वनभोज आउनेहरुका लागि पनि सहज हुने चौधरीले बताए ।

चोर लाग्ने तथा सौचको रुपमा प्रयोग हुँदै आएको वन क्षेत्र पार्कका रुपमा रुपान्तरण भएपछि तीजको दिन यहाँ ठूलो संख्यामा मानिसहरु जम्मा भइ उत्सवको रुपधारण गरेको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *