२०८१ असोज २९ गते मङ्गलवार

अब दाङमै उत्पादन हुने छन् डाक्टर

दाङ, भदौ २२ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको ७ बर्षपछि एमबीबीएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पहिलो वर्ष ५० सिट सुनिश्चित गरि पत्राचार गरि सकेको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको बताए । अब ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउने छन् ।


५० सिटमा प्रतिष्ठानको विकासमा एमबीबीएस पढाई महत्वपूर्ण हुने छ ।

प्रतिष्ठानले एमबीबीएस कक्षा संचालनका लागि यस वर्ष ५० जना विद्यार्थी भर्नाैको कोटा प्राप्त गरेको छ । एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई ५० जना विद्यार्थी भर्नाैको कोटा दिइएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *