तुलसीपुर, भदौ २२ । तुलसीपुर उपमहानगरपालिका – ६ का वडाध्यक्ष ३५ बर्षीय दुजमान भण्डारी (बर्षात) माथि हातपातको प्रयास गर्ने युवाहरुले माफि मागेका छन् ।
तुलसीपुर – ७ स्थित खर्चवा स्कूलमा तीजका दिन बेलुकी ६ बजेतिर नाचगान चलिरहेको समयमा स्थानीय दिपेन्द्र एमसी, श्यामराज घिमिरे, प्रबिण रिजाल लगाएका युवाहरुले वडाध्यक्ष भण्डारीमाथि हातपातको प्रयास गरेका थिए ।
‘ मदिरा सेवन गरेका युवाहरुले हो–हल्ला गर्न थालेपछि मैले संझाउन खोज्दै उल्टै मै माथि उनीहरु जाइ लाग्न थालेका थिए,’ वडाध्यक्ष भण्डारीले भने ‘ त्यतिखेर सामान्ने रुपमा हातहालाहालको अवस्था भएको थियो ।’
अनजानमा र नचितेका कारणले आपसमा ठेलम ठेल तथा सामान्ने हातहालाहालको अवस्था भएपछि वडाध्यक्ष भण्डारी इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।
शनिबार बिहान वडाध्यक्ष भण्डारी माथि कुटपिटको प्रयास गरेका युवाहरुले माफी मागेपछि कुरा मिलेको प्रहरीले बताएको छ ।
‘कुनै रिसिबी वा योजनाका कारणले उनीहरुले त्यसो गरेका रहेनछन्,’ वडााध्यक्षले भण्डारीले भने ‘ उनीहरुले आँफुलाई नचिनेका कारण घटना भएको भन्दै माफी मागेपछि कुरा मिलेको हो ।’
आँफुले पनि त्यो घटनालाई आकस्मिक र सामान्ने घटनाका रुपमा लिएको वडाध्यक्ष भण्डारीले बताए ।