काठमाडौं, भदौ १३ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन ।
बुधबार मात्रै त्यो विधेयक सभामुख देवराज घिमिरेले प्रमाणितका लागि राष्ट्रपति पौडेलको कार्यालयमा पठाएका थिए । त्यो विधेयक यसअघि साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको थियो भने राष्ट्रिय सभाबाट भदौ ६ मा पारित भएको थियो । राष्ट्रपति पौडेलले पनि प्रमाणीकरण गरि सकेपछि अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि त्यसले कानुनको मान्यता प्राप्त गर्नेछ ।
प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार