तुलसीपुर, भदौ ११ । तुलसीपुरमा एक जना ११ बर्षीया बालिकाले आत्महत्या गरेको अवस्थामा फेला परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका – १ भमकेकी ११ बर्षीया दिपिका नेपालीले कृष्णजन्माष्टमीको दिन बिहान साढे ८ बजेतिर घरमै आत्महत्या गरेको अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
दिपिका तुलसीपुर – ६ स्थित हिमाल एकाडेमीमा अध्यनरत थिइन । दिपिका बुवा दिपक नेपाली रोजगारीको शिलशिलामा बिदेशमा छन् ।
‘ त संधै मोवाइल मात्रै हेरिरहन खोज्ने, पढ्नु पर्देन ? भनेर आमा पबित्राले भनेर सामान्ने रुपमा गाली गरेको सहन गर्न नसकेर दिपिकाले आत्महत्या गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्छ,’ प्रहरी निरीक्षक थापाले भने ।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार