२०८१ भाद्र २५ गते मङ्गलवार

७० लाख बढीको सुन र चाँदीसहित पक्राउ परेका ४ जना सार्वजनिक

दाङ, भदौ ११ । बाँके प्रहरीले झन्डै ७० लाख बढीको सुन र चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले ३४ तोला सुन र साढे १० केजी चाँदीसहति पक्राउ परेका चार जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

बर्दिया जिल्लाको राजपुर नगरपालिका – ४ का ४२ बर्षीय निमप्रकाश सुनार र राजपुर – ८ का ४० बर्षीय नेपाली थारु, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका – ११ का २१ बर्षीय राहुल सोनार र जिल्लाको राप्ती सोनारी गाउँपालिका – ४ का २४ बर्षीय ओमजङ्ग चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।


नेपालगञ्ज – ११ बिपी चोक क्षेत्रबाट मा सुनको अबैद्य कारोबार भइ रहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले नेपाली थारुले चलाएको ०३०१– ०२४ च ६७६३ नम्बरको कारको खान तलासी गर्ने क्रममा कारमा सवार बर्दियाका निमप्रकाश सुनारको साथवाट ६७ ग्राम सुन (पँहेलो धातुका टुक्राहरु ) र नेपालगञ्ज उपमहानगरपालिका – ११ का २१ बर्षीय राहुल सोनारको साथवाट १७२ ग्राम तौलको चाँदीका पायल र तारहरु बरामद गरेको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले अनुसन्धान गर्दै जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका – ४ का २४ बर्षीय ओमजङ्ग चौधरीपनि पक्राउ परेको जानकारी दिए ।

चौधरी नेपालगञ्ज उपमहानगरपालिका – २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढ हुन । सोही कारखानामा खानतलासी गर्ने क्रममा थप सुन ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको थियो । कारखाना सञ्चालक मुराउ भने फरार छन् ।

दुबै ठाउँ ठाउँमा गरि सुन ४०७ ग्राम अर्थात ३४ तोला र चाँदी १० केजी ६१३ ग्राम बरामद भएको डिएसपी डाँगीले बताए । बरामद सुन र चाँदीको बजार मूल्य झन्डै ७० लाख बराबर हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *