२०८१ भाद्र २६ गते बुधवार

लौको टिप्न छानोमा चढेका थिए, बिद्युतको नाङ्को तार छुँदा करेन्ट लागेर मृत्यु

दाङ, भदौ ११ । घोराहीमा लौका टिप्न छानोमा छढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका – १२ डाँडा गाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिए ।

चौधरी मंगलबार बिहान साढे ८ बजेतिर आफ्नै गोठको छानोमा फलेको लौका टिप्न भनेर चढेका थिए । भुलबस उनले नजिकैको बिद्युत पोलको नाङ्गो तालमा छोएका थिए ।

त्यसपछि उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको डिएसपी तिमस्निाले जानकारी दिए ।
शब पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *