दाङ, भदौ ११ । सल्यानमा चट्याङ लागेर एक जना शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका –१ लक्ष्मीपुरका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर सोमबार बेलुका मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार कार्की घर नजिकै जंगलमा गाइ बाख्रा चराउन गएका बेला दिउँसो साढे ३ बजेतिर चट्याङ लागेको थियो ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । शब पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।
कार्की स्थानीय कालीदेवी प्राथमिक विद्यालयका राहात शिक्षक रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार