२०८१ भाद्र २५ गते मङ्गलवार

रथ जात्राको अवलोकन गर्न राष्ट्रपति पौडेल पाल्पामा

दाङ, भदौ ११ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल मन्त्रीहरुका साथ पाल्पा गएका छन् । संघीय संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईपनि पाल्पा गएका छन् ।


जात्रा अबलोकनका लागि पाल्पा पुगेका राष्ट्रपति र मन्त्रीहरुलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सर्वसाधारणले भब्य स्वागत गरेका छन् ।

नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको दोस्रो दिन यहाँ धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन रहदै आएको छ । विक्रम सम्बत १८७६ मा कर्णेल उजीर सिंह थापाले निर्माण गरेको रथलाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।

विश्वको भूभागलाई आफ्नो कब्जा गर्ने उदेश्यसहित अगाडि बढ्न खोजेको ब्रिटिश सम्राज्यवादलाई नेपालले पराजित गरेको दिको ऐतिहासिक सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप हरेक बर्ष जात्रा निकालिदै आएको छ ।
तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्राहुने गर्छ । लुम्बिनी सरकारले पाल्पा जिल्लामा मंगलबार सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *