२०८१ असोज ४ गते शुक्रवार

शिक्षक सही रुपमा समाजका पथ पर्दशक बन्न सक्नु पर्छ – काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी

तुलसीपुर, भदौ ९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले एउटा अशल शिक्षक समाजको पथ पर्दशनक बन्न सक्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरले आइतबार तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजना गरेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले त्यस्तो बताएका हुन ।


‘ बिगतको कठिन निर्दलिय पञ्चायती वस्थामा ठाउँ ठाउँमा प्रजातन्त्रको पक्षमा संगठन गर्नेहरु शिक्षक नै हुन,’ उनले भने ‘ तर, आजका कतिपय शिक्षक आँफु थोरै बिकटमा सरुवा भएपनि छेपारो जस्तै रङबल्न थालेका छन् , आफ्नो स्वार्थपूर्तीका लागि आस्था र संगठननै क्षणभरमै परिवर्तन गरिहरन्छन् ।’

समाजलाई बाटो देखाउने ब्यक्ति खासमा बिकटमा जानु पर्दा झनै खुसी हुनुपर्ने केन्द्रीय सदस्य गिरीले बताएका थिए ।
‘ समाजलाई बाटो देखाउने र शिक्षाको उज्यालो दिने ब्यक्ति जहाँ अन्धकार छ जहाँ बिकट छ त्यहाँ जानु पर्ने हो,’ उनले भने ‘ तर, आजका शिक्षक अलिकति बिकट क्षेत्रमा सरुवा हुनसाथ आत्तिन थाल्छन्,जो गुरु हौं भन्नेहरुको कमजोर चिन्तन हो ।’

कार्यक्रममा बिशिष्ट अतिथि काँग्रेस दाङका सभापति शंकर डाँगीले समाजका पथ पर्दशक समक्ष र बलिया भए मात्रै समाज रुपमान्तरणमा टेवा पुग्ने बताए ।
‘ समाजका मार्ग दर्शक शिक्षक बलिया भएमात्रै नेपाली काँग्रेस बलियो हुन्छ र नेपाली काँग्रेस बलियो भए मात्रै लोकतन्त्रको जग मुलुकमा स्थापित हुन्छ,’ सभापति डाँगीले भने ‘समाजका पथ पर्दशक शिक्षक सक्षम भएमा मात्रै मौलिक कला, साहित्य, संस्कार र संस्कृतिको जग बलियो संग समाजमा स्थापित हुन मद्दत गर्ने छ ।’

नेपाल शिक्षक महासंघको संघीय उपमहासचिव सुशिला सुबेदीले शिक्षकको जिम्मेवारी हरेक बालबालिका र मुलुकका लागि समेत अनेन्तै महत्वपूर्ण रहेको बताइन । कक्षा कोठामा शिक्षकले इमान्दारिता देखाउन चुके बालबालिकाको भविश्य मात्रै नभइ देशकै भविश्य बर्बाद हुने तर्क गरिन ।

तीज मिलन तथा शुभकामना कार्यक्रमलाई नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डे, काँग्रेस ३ (१) का सभापति देबेन्द्र रिजाल, काँग्रेस नेता सुरेन्द्रबहादुर खड्का, शिक्षक संघ दाङका सचिव सूर्यबहादुर बस्नेत, शिक्षक संघ तुलसीपुरका सल्लाहकार लेबेन्द्र केसी लगाएतले संघ भित्र मजबुद एकताका लागि जोड दिएका थिए ।

नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद ज्ञापन सहसचिव हिमाल शर्माले गरेका थिए सहजीकरण संघका तुलसीपुर सचिव एकराज भण्डारीले गरेका थिए । कार्यक्रममा शिक्षक, शिक्षिकाहरु तीजका भाषाहरुमा सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *