२०८१ भाद्र २३ गते आइतवार

छत्रेश्वरीमा बर्ष दिनमै आठसय २१ खाने पानी धारा जडान, पौने तीन करोड लगानी

सल्यान, भदौ ९ । छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८२१ खानेपानीको धारा जडान गरिएका छन् ।

‘एक घर एक धारा’को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८० ÷०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पु¥याएको छ । पाँच हजार तीन ६० जनसंख्या लाभान्वित भएको छन् ।

खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, संघसंस्था एवम् परियोजनाहरुसंगको साझेदारीमा योजना सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए ।

पालिकाका विभिन्न ३६ योजना र गाउँपालिकासंगको साझेदारीमा सञ्चालित सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) मार्फत घरघरमा धारा निर्माण गरिएको उनले जानकारी दिए ।

छत्रेश्वरी – ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भइ नियमित पिउने पानी आउन थालेपछि बिगतका जस्तो दुःखका दिन सकिएको बताउँछन् ।

छत्रेश्वरी – ७ पानीखोलाका महिलाहरुको मात्रै समिति निर्माण गरी वृहत योजना तयार पारी मुहानबाट पानी ल्याउन सफल भएका हुन । स्थानीय मिनाकुमारी वलीले वर्षाैँदेखिको खानेपानी समस्या समाधान भएकोको खुसी साटिन ।

गाउँपालिकाको आफ्नै लगानिबाट ३६ वटा योजना पुरा भइ पाँच सय १२ वटा धारा निर्माण गरिएका थिए । त्यसबाट दुई हजार ६ सय २१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नवीन चन्दले बताए ।

त्यस्तै सुस्वा परियोजना मार्फत तीन सय नौं जनाको घरमा धारा निर्माण भएको छ । परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार सात ३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । गत आर्थिक वर्षमा खानेपानीका चार वटा योजना पुरा भएको उनले बताए ।

वडा नम्बर १ मा ७९ लाख ४७ हजार एक सय १३ रुपैयाँको लागतमा एक सय ४६ घरमा धारा पु¥याइएको छ । दुदेलिगैरा खानेपानी तथा सरसफाइ योजनाका काम भएपछि वडा नं २ मा ३२ लाख ९७ हजार ८६४ रुपैयाँ लागतमा पांग्रेखोला दमाचौर खानेपानी तथा सरसफाइ योजनाबाट ४५ घरमा धारा पुगेको केसीले बताए ।

वडा नम्बर ४ मा ३४ लाख ८६ हजार ८०७ रुपैयाँ लागतमा निर्माण भएको ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी योजनाले ३२ घरमा धारा पुगेको छ भने वडा नं. ७ मा ५२ लाख ४१ हजार दुई सय ६३ रुपैयाँ लागतको छहरेखोला पानीखोला खानेपानी तथा सरसफाई योजनाबाट ८६ घरमा धारा पु¥याइएको छ ।

सुस्वा परियोजनाको ६१.१४ प्रतिशत, गाउँपालिकाको १३.६२ प्रतिशत र उपभोक्ताको २५.२३ प्रतिशत साझेदारीमा खानेपानी तथा सरसफाइका योजनाहरु सम्पन्न भएको वास इकाइले जानकारी दिएको छ ।

खानेपानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा
सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा बिपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्धकुमारी खत्रीले बताइन । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार तीन सय १७ रुपैयाँ लगानी भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले पानी स्रोतहरूको पहिचान, संरक्षण, र उचित व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिएको बताए ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *