२०८१ भाद्र २८ गते शुक्रवार

पानी लिन गएकी रोल्पाकी महिलाको कुर्ता, चप्पल खोला किनारमा फेला, शब भने दाङमा

दाङ, भदौ ९ । पानी लिन गएकी रोल्पाकी एक महिलाको शब भने दाङमा फेला परेको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका – ६ बेतनी गाउँकी ४३ बर्षीया बशन्ती सार्कीको शब दाङको तुलसीपुर उपमहनगरपालिका – १९ दुम्रीचौरस्थित ग्वारखोलाको सहायक हंगालोमा शनिबार दिउँसो फेला परेको हो ।

बाट भदौ ५ गते बेलुकी पख सार्की पानी लिन भनेर घरदेखि गएकी थिइन । झन्डै ३०० मिटर टाढाको दाङको तुलसीपुर–१९ अन्तरगतपर्ने सुन्दरखोलामा खानेपानी लिन भनेर गएकी उनको कुर्ता, रुमाल र चप्पल खोजीका क्रममा खोला किनारमा फेला परेको थियो ।

भदौ ५ गते बेलुकी सात बजेसम्म पनि उनी घर नर्फिएपछि खोजी सुरु भएको थियो । भदौ ७ गते सुन्दर खोलाको किनारमा बशन्तीको कुर्ता, रुमाल र चप्पल फेला परेको थियो । खोजीका क्रममा छोरा कमल सार्कीले ती सामाग्री फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरमा सूचना दिएका थिए ।


सोही सूचनाको आधारमा इप्रका तुलसीपुरबाट खोजीमा गएको प्रहरी टोलीले शनिबार दिउँसो वशन्तीको शब घर भन्दा झन्डै ४ किलोमिटर टाढा ग्वारखोलाको सहायक खोलामा फेला पारेको हो । शबको सनाखद बशन्तीका भाइ उत्तम सार्कीले गरेका थिए ।

इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले घटनाबारे थप अनुसन्धान भइ जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *