२०८१ भाद्र २५ गते मङ्गलवार

धेरैलाई रोजगारी दिने उद्योगी बन्नुहोस सरकार सघाउन तयार छ – मन्त्री प्रचण्ड बिक्रम न्यौपाने

बिजौरी ,भदौ ८ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन यातायात तथा श्रममन्त्री प्रचण्ड बिक्रम न्यौपानेले धेरैलाई रोजगारी दिने उद्योगी बन्नेहरुलाई सरकारले सघाउने बताएका छन् ।


शनिवार बिजौरी उद्योग बाणिज्य संघको ११औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले सयौंलाई रोजगारी दिने उद्योगहरुलाई लुम्बिनी सरकारले प्राथमिकताका साथ प्राबिधिक सहयोग गर्ने उनको आशय थियो ।
सञ्चालनमा आएका र बीचमा घाटा खाएर बन्द अवस्थामा रहेका उद्योगहरु राज्यले सहयोग गरेर फेरि सञ्चालनमा आउन सक्ने अवस्था छ भने त्यस्ता उद्योगलाई सकारले सहयोग गर्ने उनले स्पष्ट पारे ।


नेपाली काँग्रेस लुम्बिनीका प्रबक्तासमेत रहेका मन्त्री न्यौपानेले भनेका थिए ‘ त्यस्ता उद्योगहरु छन् भने उद्योग वाणिज्य संघले खोज्नुहोस भन्ने मेरो आग्रह छ । सरकार प्राबिधिकदेखि के सहयोग गर्नु पर्छ तयार छ ।’
त्यस्तै उनले दाङको भालुवाङदेखि पश्चिमका कुन कुन धार्मिक तथा पर्यटीय क्षेत्रहरुलाई लगानी गर्दा जिल्लामा पर्यटक भित्र्याउन सजिलो हुन्छ भन्ने बारेमा सुझाब दिन आग्रह गरे ।

मन्त्री न्यौंपानेले केही दिन पहिले मात्रै संघीय मन्त्रीसहित आँफुले प्रधानमन्त्रीलाई भेट्दा दाङको टरिगाउँ एयरपोर्ट, चारलेन सडक लगाएतका बारेमा ध्यानाकर्षण गराएको स्मरण गरे ।


‘आजपनि दाङका नेता, जनप्रतिनिधि, उद्योगीले प्रधानमन्त्रीलाई भेटेर दाङको समग्र बिकासका लागि ध्यानाकर्षण गराउनु भएको खबर पाएको छु,’ उनले भने ‘ प्रमुख दुई दल काँग्रेस र एमाले मिलेर सरकार बनाइएपछि बिकासको लहर आउने आशा बढेको छ ।’

मन्त्री न्यौंपानेले पोखराको भन्दा ठूलो चमेरे गुफा तुलसीपुरमै रहेपनि त्यसको उचित प्रचार प्रशार र संरक्षणमा ध्यान पुग्न नसकेको बताए । बजेट छितार्ने भन्दा यस्ता पर्यटकीय क्षेत्रहरुमा डल्लो बजेट हालेरै बिकास गर्नुपर्ने धारणा उनले ब्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश सकारले स्थापना गरेका हाइमाष्ट लाइटहरुमा बिजुली बत्ती जडानमा तुलसीपुर उपमहानगरले आनाकानी गर्न नमिल्ने उनले बताए ।
मञ्चमा आशिन तुलसीपुरका प्रबक्ता तथा वडा नं. १८ का वडाध्यक्ष माधव वलीलाई उनले तत्काल हाइमाष्ट लाइटमा बिजुली बत्ती जडान गर्न निर्देशन दिएका थिए ।


बिकासमा राजनीति गर्न नहुने उनको धारणा थियो । बिकास कुनै खास पार्टीका लागि भन्दापनि आमा नागरिकका लागि हुने हुँदा साँघुरो सोच त्याग्न उनले आग्रह गरे ।

मन्त्री न्यौपानेले बिजौरी बजारलाई अझ बढी चलायमान बनाउन र अहिलेका अबस्थालाई सुधार्न बिजौरी ग्वारखोला रानीबास हुँदै होलेरी जोडने सडकलाई बाह्रै महिना सुचारु गर्ने गरि पुल निर्माण गर्न जरुरी रहेको बताएका थिए ।

ग्वारखोला रानीवासमा पुल निमार्णका लागि बजेट बिनियोजन गरि टेन्डर प्रक्रियामा लैजाने तयारी भैरहेको जानकारी दिए । मन्त्री न्यौपानेले तुलसीपुर – १९ मा रहेको छिलीकोटमा बर्षेनी बजेटहरु बिनियोजन भैरहेको भएपनि अब कालोपत्रेले मात्रै नपुग्ने बरु ढलान बिधिवाट कालोपत्रे गरे मात्रै बिकासको ढाँचामा परिवर्तन आउन सक्ने बताए । दाङको बिकासलाई उत्पादन,उद्योग पर्यटनसग जोडेर सबैले हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए ।


बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मिराज खड्काको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदीले राज्यले ब्यबसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले पलायन हुन लागेका उद्योगलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता माधब वलीले स्थानीय सरकार उद्योगी,व्यवसायीहरु सगंसगै रहेको र पालिकाले ब्यबसायीबाट उठाएको करको केही प्रतिशत रकम यहाँको विकासका लागि छुट्टाउने प्रतिबद्धता जनाए ।

दाङ उद्योग बाणिज्य सघका महासचिव महेन्द्र बुढाथोकीले आर्थिक सकंटको विषम परिस्थितिमा ब्यबसायी गुज्रिरहेको र अझै पनि ब्यबसायीले राज्यलाई कर तिरेर बचाउनु पर्ने अबस्था रहेको धारणा राखे ।

कार्यक्रममा तुलसीपुर – १९ का अध्यक्ष प्रेमनाथ योगी,तुलसीपुर उद्योग बाणिज्य सघका कार्यबाहक अध्यक्ष देबबहादु केसी, नेपाल पत्रकार महासघ दाङकी सहसचिब दिप्तिशिखा चौधरी , बिजौरी उद्योग वाणिज्य सघंका निबर्तमान अध्यक्ष कमानसिंह खडका,राप्ती बबई क्याम्पसका अध्यक्ष श्यामकुमार रेग्मी, बिजौरी उद्योग वाणिज्य सघंका सस्थापक उपाध्यक्ष पुष्पाकुमारी डाँगी लगाएतले धारणा राखेका थिए ।

त्यस्तै बिजौरी बाणिज्य संघका पुर्ब महासचिव बिरेन्द्र खड्का, नारायणपुर उद्योग बाणिज्य सघका अध्यक्ष अनिल बस्नेत, नेपाली कांग्रेस तुलसीपुर १९– का सभापति पदम वली ,नेकपा एमाले तुलसीपुर –१८ का अध्यक्ष मुकेश वली, माओवादी केन्द्र तुलसीपुर– १८ अध्यक्ष लोकबहादुर बहकरी, राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर –१८ का अध्यक्ष कमल डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सघंका वाणिज्य उपाध्यक्ष डिल्ली खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासचिब दीपक कुमार बस्नेतले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कर्णबहादुर वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उद्योग उपाध्यक्ष चित्राबहादुर खडकाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव दीपककुमार बस्नेतले गरेका थिए ।

कार्यक्रममा विभिन्न बिद्यालयका बिद्यार्थीले नृत्य प्रतियोगितामा भाग लिएका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *