सुशील बस्नेत,तुलसीपुर, भदौ ८ ।दाङका बिभिन्न स्थानमा बस्दै आएका १९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
खप्तडी बस्नेत बंशावली अनुसन्धान तथा उत्थान समिति केन्द्रिय कार्यालय हेमन्तापुर बिजौरीमा ७५ बर्षदेखि ८५ बर्ष उमेर समुहका खप्तडी बस्नेतका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
९ महिला र १० पुरुषलाई दोसल्ला ओढाई सम्मान गरिएको संस्थाका अध्यक्ष डिल्लीबहादुर बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतले भने, जिवनमा उहाँहरुले गरेको योगदानको सम्मान पाउने अवसर मिलाएको हौ ।
सो अवसरमा खादा ओढाई सम्मान पत्रका साथ खप्तडी बस्नेत बंशावली अनुसन्धान समितिका संयोजक एवम प्रमुख अतिथि तेजबहादुर बस्नेतले सम्मान गरेका थिए ।
सम्बोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि बस्नेतले भने,बंशावलीले ईतिहासको दपर्ण हुने छ । पुजा बिधिमा एकरुपता समेत ल्याउने छ र गोलबन्ध गर्न ठुलो मद्धत पुग्ने अपेक्षा ब्यक्त गरे ।
सल्लाहकारद्धय कृष्णबहादुर बस्नेत रोवरबहादुर बस्नेतले कौशिक गोत्र खप्तडी बस्नेतको बंशावली निर्माणमा छुटेकाहरुलाई मिहीन रुपमा अनुसन्धान गरि समाबेश गर्नुपर्ने सुझाब दिए।
मानव अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेतले यस अनुसन्धान केन्द्रले सामाजिक क्षेत्रमा पनि भूमिका निर्वाह गर्नुपर्ने सुझाब दिए ।
त्यसअवसरमा जग्गा दाता नवराज बस्नेत, पुजारी शेरबहादुर बस्नेत, महिला सदस्य देवा बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।
उद्घाटन सत्रमा कार्यसमितिका सदस्य यज्ञबहादुर बस्नेतले स्वागत मन्तब्य, आर्थिक प्रतिबेदन कोषाध्यक्ष केशब बस्नेत र सहजिकरण दलबहादुर बस्नेतले गरेका थिए ।