२०८१ भाद्र २५ गते मङ्गलवार

वन मन्त्री कुर्मीले एकै पटक एक सय २४ कर्मचारीको सरुवा गरे

दाङ, भदौं ८ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले एकै साथ १२४ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा गरिएको छ ।


मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको एकै साथ ठूलो संख्यामा सरुवा गरेका हुन् । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री कुर्मीले एकै साथ ठूलो संख्यामा कर्मचारी सरुवा गरेका हुन ।


दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति अनुसार सरुवा गरिएको छ । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गते सम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ ।
त्यही नीतिको आधारमा मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गरेका हुन ।


लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरुको सरुवा भएको छ ।
अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उनले बताएका छन् । गत बर्षपनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो ।


मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तरबाट भएको पहिलो निर्णय भएको उनले बताए ।
हालसम्म दुई बर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको थिएनन् । सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन कुनै मन्त्रालयले गरेका थिएनन् ।

प्रकाशित मिति : २०८१ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *