काठमाडौं, भदौ ६ । सरकारले बिहीबारदेखि टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
गत वर्ष कात्तिकदेखि सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
यसअघि सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने बारे प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो।
प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार