दाङ, भदौ ३ । रुकुम पश्चिममा एक जना ब्यक्तिको हत्या आरोपमा श्रीमान श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका –४ दम्दुका ४३ वर्षीय डिलबहादुर बुढाको शब सोही वडाको कल्टाकुरा गाउँका ६१ बर्षीय मोहबीर खत्रीको घरमा सोमबार बिहान फेला परेको थियो । डिलबहादुरको हत्या गरेको आशंकामा प्रहरीले मोहबीरका छोरा २६ वर्षीय सन्तोष केसी र बुहारी २४ वर्षीया मिना बुढाथोकी केसी पक्राउ गरेको छ ।
मिनाले रक्सी खाँदा आँफुलाई डिलबहादुरले अपशब्द प्रयोग गरेको हुँदा चिर्पटले टाउकोमा प्रहार गर्दा उनको मृत्यु हुन गएको बयान प्रहरी समक्ष गरेकी छन ।
बुढाको हत्या आइतार बेलुका नै भएको प्रहरीको अनुमान छ । सोमबार मात्रै स्थानीयको सूचना पछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार