२०८१ भाद्र २३ गते आइतवार

वडाध्यक्षसहित ९ जनालाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता

दाङ, भदौ ३ । बाँकेको खुकुरी काण्डमा एक जना वडाध्यक्षसहित ९ जना बिरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

घाइतेका परिवारले राप्ती सोनारी गाउँपालिका – २ का वडाध्यक्ष ३८ बर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहित नौं जना बिरुद्ध किटानी जाहेरी दिएपछि त्यो मुद्दा प्रहरीले दर्ता गरि अनुसन्धान आगडि बढाएको छ ।

खुकुरी प्रहार घटनामा संलग्न मध्य राप्ती सोनारी – २ का ३७ बर्षीय लोकेन्द्र डाँगी, २९ बर्षीय नवीन भण्डारी, ३० बर्षे बिशाल भण्डारी, ३१ बर्षीय नारायण डाँगी, ३२ बर्षीय संदिप ओली, ३२ बर्षकै रत्न भण्डारी, ३५ बर्षीय ऋषी देवकोटा र नेपालगञ्ज उपमहानगरपालिका – ६ का ३१ बर्षीय बाला भनिने सञ्तोष गुप्ताका बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

घटनामा संलग्न भनिएका मध्य हालसम्म वडाध्यक्ष ओली, संदिप ओली, रत्न भण्डारी, सञ्तोष गुप्ता प्रहरी नियन्त्रणमा छन् । अन्य पाँच जना भने फरार छन् ।


राप्ती सोनारी गाउँपालिका – २ का २८ बर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका – ७ प्रशुरामपुरका २८ बर्षीय सुलभ मल्ल माथि राप्ती सोनारी – ५ बिलौना चोकमा दशदेखि १५ जनाको समुहले खुकरी प्रहार गरेको थियो । उनीहरु दुबै जना गम्भीर घाइते छन् । उनीहरुको उपचार भारतको लखनउमा भइ रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले वडाध्यक्ष ओलीसहित पक्राउ परेका सबैका बिरुद्ध पाँच दिन म्याद थप भइ सकेको छ । वडाध्यक्ष ओलीसहित चारै जना प्रहरी हिरासतमा छन् ।


घाइते मध्य सन्दिप बिष्टकी श्रीमती राप्ती सोनारी गाउँपालिका – २ की २८ बर्षीया चेतना पुरी बिष्टले आइतबार प्रहरीमा नौं जना बिरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत किटानी जाहेरी दिएकी थिइन ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *