२०८३ भाद्र ११ गते बिहिवार

बाँकेका दुई युवा माथि भएको खुकुरी प्रहार घटनाको चौतर्फी बिरोध

दाङ, भदौ ३ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका दुई सदस्य माथि ढुकेर सांघातिक हमला भएको घटनाको चौतर्फी बिरोध भएको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष बिद्धान गुरुङ, तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, तरुण दल तुलसीपुर नगरका उपाध्यक्ष केशब भुसाल लगाएतले बिज्ञप्ती मार्फत ज्यान लिने उदेश्यले गरिएको सांघातिक आक्रमणको बिरोध गरेका छन् ।
यसअघि तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले बिज्ञप्ती मार्फत घटनाको बिरोध गरेका थिए ।

एक समुहको खुकुरी र खुडा प्रहार बाट बाँकेको बैजनाथ गाउँपालिका – ७ प्रशुरामपुरका २८ बर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका – २ का २८ बर्षीय सन्दिप बिष्ट गम्घीर घाइते छन् । उनीहरुलाई बाँकेको उपचार पछि थप उपचारका लागि भारतको लखनउमा पु¥याएर उपचार भइ रहेको छ ।

उनीहरु माथि शनिबार बेलुका साढे ७ बजेतिर १० देखि १५ जना युवाहरुको समुहले ज्यान मार्ने उदेश्यले राप्ती सोनारी – ५ बिनौना चोकमा सांघातिक आक्रमण गरेको थियो ।

उनीहरु माथि राप्ती सोनारी गाउँपालिका – २ का वडाध्यक्ष ज्ञानेन्द्र राज वली भनिने (ज्ञानु), स्थानीय नारायण डाँगी लगाएतेका समुहले आक्रमण गरेको थियो । तरुण नेताहरुले जारी गरेको बक्तब्यमा सोही कुरा उल्लेख छ । प्रहरीले पनि सोही कुरा जानकारी दिएको छ । उनीहरुलाई घटना लगतै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो समुहले जिल्लामा बिगतदेखि नै आतंक मच्याउँदै आएको अपराधिक समुह भएको तरुण नेताहरुले जारी गरेको बक्तब्यमा उल्लेख छ । दोषीहरुलाई पक्राउ गरि सार्वजनिक गर्न तथा कानुनी कारबाहीको गर्न प्रहरी प्रशासन संग तरुण दलले माग गरेको छ । उनीहरुको कसुर अनुसार हदै सम्मको कानुनी कारबाही नभए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।

बाटो ढकुेर योजनाबद्ध रुपमा सांघातिक आक्रमण गरेको आरोपित वडाध्यक्ष नेकपा एमाले निटक युवा संघ बाँके जिल्ला अध्यक्षपनि हुन ।
प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष वलीको चक्रे मिलन समुहका ब्यक्ति हुन । वलीले दुई वर्ष अघि नेपालगञ्जमा हतियार बोकेर चक्रे मलिनलाई स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *