तुलसीपुर, भदौ ३ । निर्माणाधिन घरको दुई तला माथिबाट लड्न पुग्दा तुलसीपुरमा एक मजदुर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुरका ३० बर्षीय गणेश चौधरी सोमबार बिहान साढे ८ बजेतिर स्थानीय दीपा खत्रीको निर्माणाधिन नयाँ घरको दुई तला माथिवाट लडेका थिए ।
ढाड र टाउकोमा चोट खेपेका चौधरीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बिहान ९ बजेतिर बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जका लागि रिफर गरिएको छ ।
चौधरीको अवस्था मध्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् ।
प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार