२०८१ असोज ४ गते शुक्रवार

नेसंबिका उपकुलपति लामिछानेको राजीनामा प्रधानमन्त्री वलिद्वारा स्वीकृत


दाङ,भदौ ३ । नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले राजीनामा दिएका छन ।

उनको राजीनामा कुलपती तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छन् ।

उपकुलपति लामिछानेले कुलपति रहेका प्रधानमन्त्रीसमक्ष साउन २७ गते राजीनामा दिएका थिए । उनको राजीनामा आइतबार स्वीकृत भएको हो ।

संस्कृत विश्वविद्यालयमा उपकुलपति लामिछाने र कुल सचिव माधव अधिकारीबीच द्वन्द्व बढेपछि लामिछानेले राजीनामा दिएका हुन् ।

उपकुलपति लामिछानेले आफ्ना आसेपासेलाई नयाँ नियुक्ति र बढुवा गर्न थालेपछि कुल सचिव अधिकारीले सहमति दिएका थिएनन् ।

कर्मचारी भर्ना र बढुवामा अधिकारीले साथ नदिएपछि उपकुलपति लामिछानेले गत असार २७ मा अधिकारीलाई निलम्बन गरी कर्मचारी भर्ना र बढुवा गरेका थिए ।

कुलपति रहेका प्रधानमन्त्री ओलीले विनाकारण गरिएको कुल सचिव निलम्बनको निर्णय फिर्ता लिन भनेपछि उपकुलपति लामिछानेले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *