२०८१ भाद्र २६ गते बुधवार

दाउरा निकाल्ने क्रममा राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

तुलसीपुर, भदौ २ । बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा लडेका राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका – ३ खुहरियास्थित राप्ती नदीको पुलमा निर्मित झुलुङ्गे पुलबाट नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा आइतबार दिउँसो साढे ३ बजेतिर खसेका स्थानीय १३ बर्षीय बालक सुधन चौधरीको दिउँसो साढे ४ बजेतिर सकुशल उद्धार भएको हो ।

बालक पानी नभएको नदीको बीच भागको बालुवामा खसेका थिए । उनलाई प्रहरी र सशस्त्र प्रहरीले रवरबोटको प्रयोग गरि नदी पार गरि गइ उद्धार गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिएका छन् ।

बालक लडेर नदीको बीच भागमा रहेको सूचना पाउना साथ इलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरीको ज्वालामाइ गण भालुवाङवाट खटिएको थियो । बालकको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *