२०८१ भाद्र २७ गते बिहिवार

प्रअलाई २४ घन्टे स्पष्टिकरण

तुलसीपुर, भदौ २ । दाङको राजपुर गाउँपालिकाले आइतबार माध्यमिक बिद्यालय सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ ।

गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रशाद पाण्डेले संयुक्त बक्तब्य मार्फत स्पष्टिकरण सोधेका छन् ।

बिद्यालयको प्राथमिक तह राहात शिक्षकको रुपमा कार्यरत प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत गाउँपालिका अध्यक्ष लगाएतलाई गरेको गालीगलौजका कारण त्यस्तो स्पष्किरण सोधिएको हो ।

स्पष्टिकरण पत्रमा प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुमा गाउँपालिका अध्यक्ष वुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारीलाई अपशब्द प्रयोग गरि गाली गलौज गरेको उल्लेख छ ।

चित्त बुझ्दो जबाफ प्राप्त नभए वा समय गुजारी बेवास्ता गरे शिक्षा नियामावली बमोजिम कारबाही गरिने चेतावनी गाउँपालिकाले दिएको छ ।
साथै पालिकाले नयाँ निमित्त प्रअलाई जिम्मेवारी तोकेकोमा उनलाई काम काजमा अवरोध गरेको दोषारोपनपनि गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *