दाङ, भदौ २ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल बाँकेले आफ्ना दुई सदस्य माथि ढुकेर सांघातिक रुपमा हमला गर्नेलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले आइतबार बिज्ञप्ती मार्फत घटनामा संलग्न तत्काल कारबाही नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
जिल्लाको बैजनाथ गाउँपालिका – ७ प्रशुरामपुरका २८ बर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका – २ का २८ बर्षीय सन्दिप बिष्ट गम्घीर घाइते छन् । उनीहरुलाई बाँकेको उपचार पछि राति नै थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।
उनीहरु माथि शनिबार बेलुका साढे ७ बजेतिर दशदेखि १५ जना युवाको समुहले ज्यान मार्ने उदेश्यले राप्ती सोनारी – ५ बिनौना चोकमा सांघातिक आक्रमण थियो ।
बिज्ञप्तीमा जिल्लामा बिगतदेखि नै आतंक मच्याउँदै आएको अपराधिक समुहले छिमेकी जिल्ला दाङबाट समेत गुण्डागर्दीमा आवद्ध गिरोहका मान्छेहरु बोलाएर बिनौना चोकमा ढुकेर राप्ती सोनारी गाउँपालिका – २ का वडाध्यक्ष ज्ञानेन्द्र राज वली भनिने (ज्ञानु) को समुहले आक्रमण गरिएको दोषारोपन गरिएको छ ।
तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले जारी गरेको बिज्ञप्तीमा वडाध्यक्ष वलीको नेतृत्वमा स्थानीय नारायण डाँगीसमेतका दशदेखि १५ जनाको समुहले बाटो ढकुेर योजनाबद्ध रुपमा सांघातिक आक्रमण गरेको उल्लेख गरेका छन् ।
आरोपित वडाध्यक्ष नेकपा एमाले निटक युवा संघ बाँके जिल्ला अध्यक्षपनि हुन । उनलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिइ सकेको छ ।
प्रहरीले वडाध्यक्षसहित चार जनालाई नियन्त्रणमा लिएको बताएपनि अन्य तीन जनाको नाम भने सार्वजनिक गरि सकेको छैन । त्यस्तै दाङबाट समेत गुण्डाहरु बोलाएको भन्ने बारेमा पनि प्रहरीले कुनै कुरा खोलेको छैन ।
बाँकेका प्रहरी प्रमुख एसपी कार्कीका पक्राउ परेका वडाध्यक्ष वलीसहित अन्य युवाहरुको बिगतपनि त्यति राम्रो नभएको बताएका थिए ।
साथै उनीहरु बिगतमा एकै समुह रहेको तथा खोलाका बालुवा गिट्टीको काम गर्ने सहुम रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेकोपनि एसपी कार्कीले बताएका थिए । स्रोतका अनुसार खुकुरी प्रहार गरिएका दुबै युवा मल्ल र बिष्ट केही समय पहिले मात्रै एमाले त्यागेर नेपाली काँग्रेसको तरुण दलमा प्रबेश गरेका थिए ।
‘ घटनामा संलग्न रहेका आरोपितहरु खोज्दा हामी रातभर सुतेका छैनौं,’ एसपी कार्कीले भने ‘ घटनाबारे थप अनुसन्धान पछि विवरण सार्वजनिक गर्ने छौं ।’
प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष वलीको चक्रे मिलन समुहका ब्यक्ति हुन । वलीले दुई वर्ष अघि नेपालगञ्जमा हतियार बोकेर चक्रे मलिनलाई स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।