२०८१ भाद्र २३ गते आइतवार

दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु,आमा गम्भीर बिरामी


दाङ,साउन ३० । घोराहीमा सर्पको टोकाइबाट ६ वर्षिया बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर बिरामी परेकी छिन् ।

घोराही उपमहानगरपालिका ६ गुरुवागाउँ बस्ने सन्तोष चौधरीको ६ वर्षिया छोरी ईन्दु चोधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।

डिएसपी तिमल्सिनाका अनुसार उनको श्रीमती २५ वर्षिया आश्मा चौधरी गम्भीर बिरामी छिन् । आमाछोरी आफ्नै कोठामा सुतिरहेको समयमा आज बिहान अन्दाजी १ बजेतिर बिषालु सर्पले टोकेको थियो ।

छोरीलाई टोउकोमा र आमालाई बाँया हातमा सर्पले टोकेको थियो ।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि ल्याइएता पनि छोरीलाई डाक्टरले बिहान ५ बजेतिर मृत घोषणा गरेको थियो ।

त्यस्तै आमाको भने उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *